नेकपा माओवादी केन्द्रका वडा अध्यक्षले एमालेका उम्मेदवारलाई समर्थन गर्दै चुनाव जिताउने प्रतिबद्धता


दैलेख ः नेकपा माओवादी केन्द्र का वडा नं. ९ का वडा अध्यक्ष लगायत सदस्य पदका उम्मेदवारहरूले नेकपा एमालेका वडा अध्यक्ष लगायतका उम्मेदवारहरूलाई जिताउने भन्दै समर्थन गरेका छन् । नारायण नगरपालिका–९ बाट माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका जगत विश्वकर्माले एमालेका उम्मेदवार नन्द रावल सहितका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
आज (मङ्गलवार) एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरी प्रक्रियावादी शक्तिहरूलाई पराजित गर्न एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।
नेकपा माओवादी केन्द्र तर्फका वडा अध्यक्षका उम्मेदवार जगत विश्वकर्मा, महिला सदस्यका उम्मेदवार सुशीला सुनार, दलित महिला सदस्यका उम्मेदवार लक्ष्मी सोनीको उम्मेदवारी स्थगन गरी एमालेका तर्फबाट वडा अध्यक्ष लगायत नगरपालिका प्रमुख, उपप्रमुख पदका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
संम्क्षीप्त प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्र वडा नं. ९ का वडा अध्यक्ष पदका उम्मेदवार जगत विश्वकर्माले निर्वाचनमा होमिएका उम्मेदवारहरूलाई सल्लाह नै नगरी माओवादी केन्द्रले नेपाली काँग्रेसलाई वडामा राजनीति सहमति गरेका कुरा जानकारी आएपछि आफूहरू कम्युनिस्ट आन्दोलनको रक्षा गर्नका लागि एमालेलाई जिताउने अभियानमा लागेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार